चोरी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

काठमाडाैं | जेठ १८, २०८०

चोरी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ सांकेतिक तस्वीर

काठमाडौं:   चिनियाँको नागरिकको ३ लाख नेपाली रुपैयाँ चोरी गरेको अभियोगमा प्रहरीले भारतिय नागरिकलाई प्रकाउ गरेको छ । 


काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित वाल्डो क्यासिनोमा चिनियाँ नागरिकको नगद ३ लाख नेपाली रुपैयाँ चोरी गरेको अभियोगमा भारत पटना घर भएका २८ वर्षीय सरिव खानलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 


चोरी भएको खबरपछि प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले सिसिटिभि लगायतका प्रविधिको सहयोगमा अनुसन्धान गर्ने क्रममा उक्त नगद चोरीमा खानको संलग्नता खुल्न आएपछि दरबारमार्गस्थित प्यालेस क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा खानलाई प्रकाउ गरेको हो । 


प्रकाउ परेका खानमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

काठमाडौं:  अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...

थप पढ्नुहोस्

काठमाडौं: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक एसइई परीक्षा...

थप पढ्नुहोस्

पोखरा:  पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव नवौं दिनमा आइपुग्दा दर्शकको उल्लेख्य सहभागिता रहेको छ ।  महोत्सवमा दर्शकको सहभागिता संगै महोत्सवमा रहेका स्टलहरुमा समेत क...

थप पढ्नुहोस्